आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले अभ्यास खेलमा स्कटल्यान्डविरूद्ध २८४ रन जोडेको छ।

पहिले ब्याटिङ गरेको खेलमा नेपाल ४९.२ ओभरमा २८४ रनमा अलआउट भयो। नेपालका लागि गुल्सन झाले शतक प्रहार गरे। उनले ११४ रन जोडेका हुन्।

यस्तै दिपक बोहराले नटआउट ५८ रन जोडेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

एक सातापछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ। यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह ुडीु मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग औपचारिक वाम अप खेल खेल्नेछ।

नेपालले विश्वकपमा पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ।

नेपालले सन् २०१६ पछि यू(१९ विश्वकप खेल्न लागेको हो। ८ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा नेपालले छनोटमा युएईलाई स्तब्ध पारेको थियो।

Back To Top