आईसिसीको नयाँ वरितामा नेपाल टि–२० र एकदिवसीय दुवैमा यथास्थानमा रहेको छ। नेपाल टि–२० १६औं स्थानमा यथावत रहँदा एकदिवसीय तर्फ १५औं स्थानमा यथावत छ।

टि–२० वरियतामा भने नेपाली खेलाडीले छलाङ मारेका छन्। नेपाली टिमका कप्तान रोहित पौडेल ब्याटिङमा ३६ स्थान सुधार गर्दै ५४औं स्थानमा आइपुगेका छन्।

रोहितले भारतका ओपनर ईशान किशन, शुभमन गिल, जिम्बावेका सिकन्दर राजालाई पनि पछि पारेका छन्।

यस्तै, दीपेन्द्रसिंह ऐरी व्याटिङमा ३१ स्थान सुधार गर्दै ७०औं स्थानमा छन्। यता, अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरीले एकै पटक ४८ स्थान सुधार गरेका छन्। उनी २७औं स्थानमा छन्।

यस्तै, अलराउन्डरतर्फ नै गुलशन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा आएका छन् भने करण केसी २४ स्थान सुधार गर्दै ८१औं स्थानमा आएका छन् ।

अलराउन्डरतर्फ रोहित पौडेलले एकै पटक ८८ स्थान सुधार गर्दै ९२ औं स्थानमा छन्।

यता, बलिङको शीर्ष १०० मा भने कुनै पनि नेपाली खेलाडी अटाएका छैनन्।

Back To Top