सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एक खेल अगावै भारतले जित्यो अस्ट्रेलियाविरुद्धको टि–२० सिरिज

अस्ट्रेलियाविरुद्धको टि–२० सिरिज भारतले जितेको छ। राजयपुरमा भएको चौथो खेलमा अस्ट्रेलियालाई २० रनले अराउँदै भारतले सिरिज एक खेल अगावै जितेको हो।

त्यसअघि भारतले पहिलो र दोस्रो खेल जितेको थियो भने तेस्रो खेल अस्ट्रेलियाले जितेको थियो। ५ खेलको सिरिजमा भारतले ३–१को अग्रता लिएको छ।

रायपुरमा १७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान म्याथ्यु वेडले सर्वाधिक ३६ रन बनाए। उनले २३ बलमा समान २ चौका र छक्का प्रहार गरे। यस्तै, ओपनर ट्राभिस हेडले १६ बलमा ५ चौका र १ छक्का मद्दतमा ३१ बनाउँदा म्याथ्यु सर्टले २२ रन बनाए।

अस्ट्रेलियालाई यस्तैमा रोक्ने क्रममा भारतका अक्षर पटेलले घातक बलिङ गरे। उनले ४ ओभरमा ४ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिए। दीपक चहरले २, रवि विस्नोइ र आभेश खानले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १७४ रन बनायो। भारतका रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए। उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै, यशस्वी जैसवालले २८ बलमा ३७ रन बनाउँदा जितेश शर्माले १९ बलमा ३५ र रुतुराज गायकवाडले २८ बलमा ३२ रन बनाए।

अस्ट्रेलियाका वेन ड्वारसिसले ३ तथा जासन बेरोनडोफ र तनवीर सांगाले समान २ विकेट लिए।

1.3Kशेयर