डे–नाइट टेस्टको पहिलो इनिङमा इंग्ल्यान्ड ११२ रनमै अलआउट

अफ स्पिनर अक्षर पटेल चम्किएपछि आजबाट सुरु भएको डे–नाइट टेस्टको पहिलो इनिङमा भ्रमणकारी टिम ११२ रनमै अलआउट भएको छ । विश्वकै सबैभन्दा ठूलो अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा घातक बलिङ गरेका अक्षरले २१.४ओभरमा ३८ रन खर्चेर ६ विकट लिए।

आजै उद्घाटन भएको नरेन्दे मोदी स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डका ४८.४ ओभरमा ११२ रनमै अलआउट भयो। उसका लागि ज्याक कार्लीले सर्वाधिक ५३ रन बनाए भने कप्तान जो रुटले १७, वेन फोकेस १२ र जोफ्रा आर्चरले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेन्। कार्लीको भारतीय भूमिमा पहिलो अर्धशतक हो।

भारतका लागि लक्षर अलावा रविचन्द्रन आश्विनले ३ विकेट लिए । डिनर ब्रेकसम्म भारत विनाक्षति ५ रन बनाएर खेलिरहेको छ।

इशान्तको रेकर्ड

भारतीय भेट्रान फास्ट बलर इशान्त शर्माले अहमदावाद टेस्ट खेलेसँगै नयाँ रेकर्ड बनाएका छन्। उनी भारतका एक सयौं टेस्ट खेल्ने चौथो खेलाडी बनेका छन्। इशान्त भन्दाअघि अनिल कुम्बले (१३२), कपिल देव (१३१) र हरभजन सिंह (१०३) छन्। इशान्त इंग्ल्यान्डविरुद्धको यही सिरिजमा ३ सय टेस्ट विकेटको कोशेढुंगा पार गरेका थिए। पहिलो इनिङमा उनले १ विकेट लिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.