भारत अझै ३२१ रनले पछाडि

Read Time:2 Minute

इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा भारतले मध्यम ब्याटिङ गरेको छ । चेन्नईमा जारी टेस्टमा तेस्रो दिनको खेल सकिँद भारत ६ विकेटको क्षतिमा २५७ रन बनाएर खेलिरहेको छ र उ इंग्ल्यान्डभन्दा ३२१ रनले पछि रहेको छ ।

तेस्रो दिन इंग्ल्यान्डलाई ५७८ रनमा अलआउट गरेरपछि इनिङको सुरुवात गरेको भारतका लागका ऋषव पन्तले सर्वाधिक ९१ रन बनाए भने चेतेश्वर पुजाराले ७३ रनको योगदान दिए । पन्तले ८८ बलमा ९ चौकार ५ छक्का प्रहार गरे भने पुजाराले १४३ बलमा ११ चौका प्रहार गरे ।

यस्तै, शुभमन गिल २९ रनमा बनाउँदा कप्तान विराट कोहलीले ११ रनमा आउट भए । भारतका वासिङ्टन सुन्दर ३३ र रविचन्द्रन आविश्वन ८ रन बनाएर क्रिजमा छन् । इंग्ल्यान्डका डम बेसले ४ विकेट लिए भने जोफ्रा आर्चरले २ विकेट लिए ।

यसअघि इंग्ल्यान्डले पहिलो इनिङमा ५७८ रन बनाएको थियो । उसका लागि कप्तान जो रुटले दोहोरो शतक बनाएका थिए । सन् २०२१मा दोस्रो दोहोरो शतक बनाउने क्रममा रुटले ३७७ बल खेल्दै १९ चौका र २ छक्काको सहयोगमा २१८ रन बनाए ।

कुकका अलावा डान लउरेन्सले ८७ र बेन स्टोक्सले ८२ रनको इनिङ खेले । लउरेन्सले २८६ बल खेल्दै १२ चैका प्रहार गरे भने स्टोक्सले ११८ बलमा १० चौका र ३ छक्का प्रहार गरे । भारतका जस्प्रित बुम्राह र रविचन्द्र आश्विनले ३–३ विकेट लिए भन्े इशान्त शर्मा र साहबाज नदीमले २र२ विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post फुटसल लिगका लागि टर्नपाइकसँग एन्फाको सम्झौता
Next post सन र केनले गोल गर्दा टोटनह्याम विजयी
Close