दुई वर्षपछि भारत र पाकिस्तान भिड्दै

Read Time:1 Minute

दुई एसियन परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान दुई वर्षपछि आपसमा भिड्दैछन्। युएई र आमान जारी टि–२० विश्वपक अन्तर्गत सुपर १२ को समूह २को पहिलो खेलमा भारत र पाकिस्तान भिड्न लागेका हुन्।

भारत र पाकिस्तान सन् २०१९मा इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकप पछि पहिलो पटक आपसमा भिड्ने लागेका हुन्। भारत र पाकिस्तानबीचको आन्तरिक द्वन्द्वका कारण यी दुई विश्व िक्रकेटका महाशक्ति राष्ट्र आईसिसीका प्रतियोगितामा मात्र भिड्दै आएका छन्।

भारत र पाकिस्तानबीचको खेल राति ७ः४५ बजे दुबईमा हुनेछ। यो खेललाई दुवै टिमले प्रतिष्ठाको लडाइँका रुपमा हेर्ने हुनाले खेल निकै रोमाञ्चक हुनेछ।

दुबै टिमबीच आईसीसी र एसीसीका प्रतियोगिता बाहेक लामो समयदेखि कुनै सिरिज हुन सकेको छैन। सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो। २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो।

भारत र पाकिस्तानबीच टि–२० विश्वकपमा पाँच वर्षपछि र समग्र खेलमा दुई वर्षपछि भिडन्त हुँदैछ। आज राति हुने भिडन्तमा पाकिस्तान हारको ऋखंला तोड्न चाहान्छ भने भारत जितलाई निरान्तरता दिने लक्ष्यमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बुन्डेसलिगा : डर्टमन्ड र बायर्न विजयी
Next post आज एल क्लासिको भीडन्त, रोनाल्डो र मेसीको स्थान लेलान् भिनिसियस र फातीले ?
Close