भान्डरसेको घातक बलिङमा श्रीलंकाले भारतलाई हरायाे

5 Aug, 2024
Share:
117 Shares

लेग स्पिनर जेफरी भान्डरसेले आफ्नो खेल जीवनले उत्कृष्ट बलिङ गर्ने गरेपछि श्रीलंकाले दोस्रो वान डेमा आइतबार भारतलाई ३२ रनले पराजित गरेको छ र तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा नौ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । जवाफमा ब्याटिङ मैत्री पिचमा भारत ४२।२ ओभरमा २ सय ८ रन बनाएर अलआउट भयो।

शानदार सुरुआत गरेको भारतले एक समय बिना कुनै विकेटको क्षति ९७ रन बनाएर पनि यो खेल गुमाएको हो। कप्तान रोहित शर्माले ६४ रन बनाए।

भान्डरसेले ३३ रन खर्चेर ६ विकेट लिए। यसअघि पहिलो वान डे टाइ भएको थियो। अब भारतले शृंखला जोगाउन तेस्रो तथा अन्तिम वान डे जित्नु पर्नेछ।