सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

सिराज चम्किँदा भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमै अलआउट

दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतका तीव्र गतिका बलर मोहमद सिराज चम्किएपछि घरेलु टोली दक्षिण अफ्रिका ५५ रनमै अलआउट भएको छ।

सिराजले ६ विकेट लिएपछि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिका २३.२ ओभरमा मात्र ५५ रनमै समेटियो।

उसका लागि कायल भेरेनले १५ रन र डेभिड बेन्डिघमले १२ रन जोडे बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

दक्षिण अफ्रिकाविरुद्ध घातक बलिङ गरेका सिराजले उनले ९ ओभरमा ३ मेडनसहित राख्दा १५ रन खर्चिएर ६ विकेट लिए। यस्तै, जसप्रित बुमराह र मुकेस कुमारले समान २ विकेट लिए।

ताजा अवस्थामा भारत ४ विकेटको क्षतिमा १३८ रन बनाएर खेलिरहेको छ। उसका विराट कोहली र केएल राहुल क्रिजमा छन्।

1.3Kशेयर