सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

वर्षा बाधक बनेपछि हैदरावाद आईपिएलबाट बाहिरियो, दिल्लीको प्लेअफ आशा कायमै

सनराइजर्स हैदारावाद आईपिएल २०२५बाट बाहिरिने तेस्रो टिम बनेको छ। आईपिएल अन्तर्गत सोमबर राति भएको दिल्ली क्यापिटल्सविरुद्धको खेल वर्षाले बीचमै रोकिएपछि हैदरावाद प्रतियोतिगाबाट बाहिरिएको हो।

यसअघि नै चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स बाहिरिसकेका छन्। हैदरावादको ११ खेलमा ७ अंक मात्र छ।

खेलमा पहिलो इनिङमात्र सम्भव भएको थियो। पहिला ब्याटिङ गरेको दिल्लीले ७ विकेटको क्षतिमा १३३ रन मात्र बनाउन सकेको थियो। २९–५को खराब अवस्थाबाट ट्रिस्टन स्टब्स र आशुतोष शर्माले दिल्लीके इनिङ उसकासेका थिए। दुवै अन्त्यतिर समान ४१ रन बनाए।

हैदरावादका लागि कप्तान पाट कमिन्सले घातक बलिङ गरे। उनले ४ ओभरमा १९ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै, जयदेव उनड्बट, हर्षल पटेल र इशान मालिंगाले समान १ विकेट लिए।

हारतर्फ उन्मूख खेलमा १ अंक प्राप्त गरेपछि दिल्लीको प्लेअफ सम्भावा भने कयमै रहेको छ। दिल्ली ११ खेलमा ६ जितसहित १३ अंक जोडेर पाँचौं स्थानमा छ।

1.3Kशेयर