आईपिएल आजबाट, उद्घाटन खेलमा कोलकाता र बेंग्लुरु भिड्ने

22 Mar, 2025

इन्डियन प्रिमियर लिग (आईपिए)को १८औं संस्करण आजबाट सुरु हुँदैछ।

प्रतियोतिगाको उद्घाटन खेल इडेन गार्डेनमा राति पौने ८ बजे सुरु हुनेछ। जसमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लुरु भीड्ने छन्।

खेल सुरु हुनुअघि इडेन गार्डेनमा भव्य उद्घाटन समारोह पनि हुनेछ। जहाँ अभिनेत्री दिशा पटनी, गायिका श्रेया घोसाललगायतले आफ्नो प्रस्तुति दिने छन्।

कोलकाताको कप्तानी अनुभवी अजिन्का रहाणेले गर्ने छन् भने बेंग्लुरुको कप्तानी रजत पटिदारले गर्नेछन्। कोलकाता उपाधि रक्षाको अभियानमा हुँदा बेंग्लुरू पहिलो उपाधि खोजीको यात्रा जितसहित गर्ने दाउमा हुनेछ।

कोलकाता ३ पटकको च्याम्पियन टिम हो। ऊ मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सपछि तेस्रो सफल टिम हो। यता, आरसिबी भने तीन पटक फाइनल पुगेर पनि उपाधि जित्न असफल छ।

आज कोलकातामा वर्षाका अत्यधिक सम्भावना रहेकाले उद्घाटन खेल प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]