हैदरावादसँग पराजित भयो बेंग्लुरू, शीर्ष दुईको दौडमा धक्का

24 May, 2025
Share:
117 Shares

रायल च्यालेन्जर्स बेंग्लुरुका लागि शीर्ष दुई लिग सकाउने पुग्न महत्वपूर्ण मानिएको खेलमा उ पराजित भएको छ। शुक्रबार राति एकाना क्रिकेट स्टेडियम भएको खेलमा बेंग्लुरु सनराइजर्स हैदरावादसँग ४२ रनको फराकिलो अन्तरले पराजित भयो।

यो हारले बेंग्लुरूको शीर्ष २मा रहने सम्भावनामा धक्का लागेको छ। अब १ खेल मात्र बाँकी रहँदा ऊ १८ अंकसहित दोस्रोबाट तेस्रो स्थानमा झरेको छ। शीर्ष दुईमा लिग सकाउन उसले अन्तिम खेल जित्नु पर्छ भने पञ्जाब किंग्ग र गुजरात टाइन्सको खेल कुर्नुपर्ने छ।

बेंग्लुरूले अन्तिम खेलमा एकानामै लखनउ सुपर जायन्टसँग खेल्ने छ।

हैदरावदले दिएको २३२ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लुरु १ बल अगावै १८९ रनमा अलआउट भयो। उसले सुरुआत भने उत्कृष्ट गरेको थियो। उसका लागि फिल सल्टले ३२ बलमा ४ चौका र ५ छक्का मद्दतमा ६२ रन बनाउँदा विराट कोहलीले २५ बलमा ४३ र जितेश शर्माले १५ बलमा २५ रन बनाए।

बलिङमा हैदरावादका कप्तान पाट कमिन्सले ३ विकेट लिए भने इशान मालिंगाले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा २३१ रन बनायो। उसका लागि इशान किशनले नटआउट ९४ रन बनाए। उनले ४८ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। यस्तै, अविषेक शर्माले ३४, अनिकेत वर्माले २६ र हेनरिच क्लासनले २४ रज बनाए।

बलिङमा बेंग्लुरुका रोमारियो सेफर्डले २ विकेट लिए।