आईपिएल मार्च १४ बाट हुने, मेगा अक्सन आइतबार र सोमबार हुने

22 Nov, 2024
Share:
117 Shares

इन्डियन प्रिमियर लिग (आईपिएल)को नयाँ सिजन मार्च १४ बाट सुरु भएको छ। आईपिएलले विहीबार फ्रेन्चाइज टिमहरुलाई इमेल गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो।

१४ मार्चमा सुरु हुने आईपिएलको मे २५ मा सकिनेछ। क्रिकइन्फोका अनुसार आईपीएलले आगामी तीन सिजनको ड्राफ्ट तालिका सबै टोलीलाई पठाएको छ, तर यो अन्तिम मिति हुने सम्भावना छ।

जसअनुसार सन् २०२६ को आईपएल मार्च १५ देखि मे ३१ सम्म र २०२७ को मार्च १४ देखि ३० मेको बीचमा हुनेछ ।

आउँदो संस्करणमा पनि आईपिएलमा ७४ खेल हुनेछन्। तर यस विषयमा आईपिएल गभर्निङ काउन्सिल र बीसीसीआईले आधिकारिक घोषणा भने गरेका छैनन्।

फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले अघिल्लो संस्करणको उपाधि जितेको थियो।

आईपिएलमा यो सिजन मेगा अक्सन हुँदैछ। मेगा अक्सन आगामी आइतबार र सोमबार साउदी अरेबियामा हुनेछ।

अक्सनमा ५७४ खेलाडीको सहभागी हुँदैछन्। जसमा ३६६ भारतीय र २०८ विदेशी खेलाडी छन्। ८१ खेलाडीको बेसिक मूल्य २ करोड रुपैयाँ छ। योपटक ऋषव पन्त, केएल राहुल, इशान किशन, अर्शदीप सिंहजस्ता चर्चित भारतीय खेलाडी पनि अक्सनमा छन्।