टिम डेविड विस्फोटक ब्याटिङमा आरसिबीको लागतार दोस्रो जित, चेन्नईको लगातार तेस्रो हार

6 Apr, 2026

आईपीएलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो जित निकालेको छ। 

आइतबार राति भएको टिम डेविडले विस्फोटक ब्याटिङ गरेपछि बेंगलुरुले चेन्नई सुपर किङ्सलाई ४३ रनको सानदार जित निकाल्यो। 

२५१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा २०७ रनमा अलआउट भयो। अनुभवी ओपनर रुतुराज गायक्‍वाड र सन्जु सामसन चल्न नसक्दा ऊ सुरुआतमै दबाबमा आएको थियो। 

उसका लागि सरफराज खानले २५ बलमा ८ चौका र २ छक्कासहित ५० रन बनाए भने युवा खेलाडी प्रशान्त वीरले ४३ अनि जेमी ओभरटनले ३७ रन बनाए। 

बलिङमा बेंगलुरुका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए भने क्रुनाल पान्ड्या, अभिनन्दन सिंह र ज्याकब डफीले समान २ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले टिम डेभिडको आक्रामक फिनिसिङसहितको अर्धशतक मद्दतमा २० ओभरमा ३ विकेट मात्र गुमाएर २५० रन बनाएको थियो।

डेभिडले २१ बलमा अर्धशतक प्रहार गर्दै २५ बलमा ३ चौका र ८ छक्का मद्दतमा अविजित ७० रन बनाए। देवदत्त पडिक्कलले ५१ तथा कप्तान रजत पाटिदारले अविजित ४८ रन बनाए। ओपनर फिल साल्टले ४६ अनि विराट कोहलीले ३८ रन बनाए।

चेन्नईका लागि अन्शुल कम्बोज, जेमी ओभरटन र शिवम दुबेले १–१ विकेट लिए।

लगातार दोस्रो जित पछि बैंग्लुरु शीर्ष स्थानमा उक्लँदा लगातार तेस्रो हारपछि अंकबिहीन हुँदै चेन्नई पुछारमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]