सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

बेंग्लोरमा आईपिएलको विजयोत्सव बनाउने क्रममा ११ जनाको मृत्यु

रोयल च्यालेन्जर्स बेंग्लोरले पहिलोपटक इन्डियन प्रिमियर लिगको उपाधि जितेको खुसियालीमा बुधबार आयोजित विजयोत्सवमा मा भागदौड मच्चिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

बेंग्लोरको चिन्नास्वामी रंगशालाबाहिर भएको भागदौडमा ११ जनाको मृत्यु भएको र ३३ भन्दा बढी घाइते भएका छन्।

विधान सभामा च्याम्पियन खेलाडीको सम्मान कार्यक्रम आयोजना भइरहँदा घटना भएको थियो । भिड समाल्नका लागि पुलिसले लाठीचार्ज गरेको थियो । विजयी उत्सव हेर्न आएका धेरै मानिस भागदौडका क्रममा बेहोस भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उत्सवको एक झलक पाउन मानिसहरू रुख चढिरहेका र हाँगाहरूमा बसिरहेका थिए । कर्नाटकका डेपुटी सिएम डिके शिवकुमारले लाखौँ व्यक्तिको भिडलाई सामान्य गर्र्न प्रहरीहरू केन्द्रित भइरहेको जनाएका छन्।

मंगलबार राति १८औँ संस्करणको आइपिएल फाइनलमा बेंग्लोरले पन्जाब किंग्सलाई ६ रनले हराउँदै पहिलोपटक उपाधि जितेको थियो । बेंग्लोरले चौथोपटकको फाइनलमा उपाधि हात पारेको थियो ।

1.3Kशेयर