सेप्टेम्बरमा हुन सक्छ आइपिएल

कोरोना भाइरसका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आइपिएल) आगामी सेप्टेम्बरमा गर्ने तयारी गरिएको छ । आइपिएल सेप्टेम्बरमा गर्ने तयारी स्वरुप भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले सम्बन्ध पक्षसँगको छलफललाई तिब्रता दिएको छ ।

कोरोनाका कारण प्रभावित आइपिएल आगामी सेप्टेम्बर २५ देखि अक्टोवर ३० सम्म गर्ने तयारी बिसिसिआईले गरिएको छ । बिसिसिआईले आइपिएल गर्ने तयारी गरेपनि यसको मिति भने निश्चित भइसकेको छैन ।

यसैवर्ष अस्ट्रेलियामा हुने टि–२० विश्वकप हुने नहुने टुंगो लागेपछि मात्र आइपिएलको मिति पनि निर्धारण हुने छ । ‘बिसिसिआईका एक अधिकारीले भनेका छन्, ‘प्रतियोगिता गर्न आन्तरिक तयारी भइरहेको छ । अहिले नै निश्चित भने भइसकेको छैन्, किनभने टि–२० विश्वकपकै टुंगो लागेको छैन । विश्वकप स्थगित नभए आइपिएल अनिश्चित छ ।’

महामरीबीच प्रतियोगिता सञ्चालन गर्न बिसिसिआईले केही नियम परिवर्तन गर्ने पनि जनाएको छ । ‘भारतमै प्रतियोगिता आयोजना भए होम एण्ड अवे पद्दति लागु हुँदैन । पाँचवटा मैदानमा खेल हुनेछ,’ उनले भने । ती अधिकारीले भारतमा प्रतियोगिता गर्न सक्ने अवस्था नभए वैकल्पिक भेन्यूको खोजी भइरहेको बताए ।

बिसीसीआइले हरेक दिन दुई खेल, प्लेअफ नखेलाउने, शीर्ष चार टिमबीच सिधै सेमिफाइनल गराउने, स्वास्थ्य निर्देशनको पालना गर्ने, खेलाडी परिवर्तनको नियममा चलकता अपनाउने लगायतका तयारी गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.