जनकपुरको बोल्ट्सको ‘च्याम्पियन सेलेब्रेसन’ सिरहामा

30 Dec, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिग (एनपीएल)का विजेता जनकपुर बोल्ट्सले सोमबार सिरहामा विजय उत्सव मनाएको छ।

बोल्ट्सले सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाएको हो। बोल्ट्सका खेलाडी सहभागी रहेको र्‍यालीमा हजारौं समर्थकहरू थिए।

केही दिनदेखि जनकपुर बोल्ट्सले मधेश प्रदेशमा विजयी उत्सवन मनाइरहेको छ। यसअघि उसले जनकपुर, रौतहट र महोत्तरीमा विजयी उत्सव मनाइसकेको छ।

यसअघि शुक्रबार पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको थियो। फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले एनपीएलको ऐतिहासिक उपाधि जितेको थियो।

जनकपुर बोल्ट्सले मधेश प्रदेशका ८ वटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।