जय शाह बने आईसिसीको अध्यक्ष

28 Aug, 2024
Share:
117 Shares

जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसिसी०को अध्यक्ष बनेका छन्। जर्ज बार्क्लीको पदावधि सकिएपछि जय शाह आईसिसीको अध्यक्ष बनेका हुन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई०का सचिव समेत रहेका ३५ वर्षीय शाह आईसिसीको अहिलेसम्मकै कान्छा सदस्य बनेका छन्। शाहले आगामी डिसेम्बर १ देखि पदभार सम्हाल्ने छन्।

बार्क्ली आईसिसीमा २ कार्यकाल अध्यक्ष रहेका थिए। उनले तेस्रो कार्यकाल अध्यक्ष बन्न नचाहेपछि आईसिसीले अगस्त २७ सम्मको समय दिएर अध्यक्षका लागि आव्हान गरेको थियो। जसमा शाहको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बन्ने पक्का भएको हो।

अध्यक्ष बनेपछि जय शाहले आईसिसीको टिम र सदस्य राष्ट्रहरुसँग मिलेर काम गर्ने बताएका छन्। उनले यो आफ्ना लागि सिक्ने अवसर भएको पनि बताएका छन्।

बिसिसिआईले पनि अध्यक्षमा निर्विरोध भएपनि शाहलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिएको छ।