रुटको कीर्तिमानी शतक, पहिलो दिन इंग्ल्यान्ड बलियो

Read Time:2 Minute

काठमाडौं( घरेलु टिम भारतविरुद्ध इंग्ल्यान्डले पहिलो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा राम्रो शुरूआत गरेको छ। टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा पहिलो दिनको समाप्तिसम्म तीन विकेटको क्षतिमा २६३ रन बनाएको हो।

६३ रन हुँदा पहिलो विकेटको रुपमा रोरी बर्नसलाई व्यक्तिगत ३३ रनमा गुमाएको इंग्ल्यान्डले दोस्रो विकेट ६३ रन हुँदा नै डेन लाव्रेनसलाई शून्यमा गुमाएको थियो। त्यसपछि इंग्ल्यान्डको इनिङ्स जोइ रुट र डोम सिब्लीले सम्हाले।

रुट र डोमले २०० रनको साझेदारी गरे। २०० रनको साझेदारी गर्ने क्रममा रुटले कीर्तिमानी शतक पनि बनाए। उनले लगातार तीन खेलमा शतक बनाए। उनले आफ्नो ९८, ९९ र १००औं खेलमा शतक बनाएका हुन्।

यसअघि जनवरी १४ मा श्रीलंकाविरुद्ध २२८ रन बनाउँदै दोहोरो शतक बनाएका थिए। त्यो उनको टेस्ट क्रिकेटमा ९८औं खेल थियो। २२ जनवरीमा भएको श्रीलंकाविरुद्धकै दोस्रो टेस्ट क्रिकेटमा शतकसहित उनले १८६ रन बनाए। यो रुटको ९९औं टेस्ट क्रिकेट खेल थियो।

चेन्नाईमा शुक्रबारदेखि भएको भारतविरुद्धको टेस्ट क्रिकेट सिरिजको पहिलो खेलमा उनले शतक बनाएसँगै १००औं खेलमा पनि शतक पूरा गरेका हुन्। पहिलो दिनको समाप्तिसम्म रुटले १९७ बलको सामना गर्दै १४ चौका र एक छक्काको मद्दतमा १२८ रनमा अविजित छन्। रुटको यो टेस्ट क्रिकेटमा २० औं शतकसमेत हो।

त्यस्तै, डोमले भने ८७ रन बनाएर आउट भए। भारतका लागि जसप्रित बुमराहले दुई विकेट लिँदा रविचन्द्रन अश्विनले एक विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सन्दीपसँगै, शरद, कुशल, सोमपालसहित ८ नेपाली खेलाडी आईपिएल अक्सनमा
Next post नेपाली टिमको बन्द प्रशिक्षण आजबाट सुरु
Close