बुमराहले लिए अन्तराष्ट्रिय क्रिकेटमा ४ सय विकेट, बंगललादेश १४९ रनमै अलआउट

20 Sep, 2024
Share:
117 Shares

भारतीय स्टार बलर जस्प्रित बुमराहले अन्तर्राष्ट्रियमा ४ सय विकेट पुरा गरेका छन्। घरेलु मैदानमा जारी बंगलादेशविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा ४ विकेट लिएसँगै उनले करिअरको ४ विकेटको आँकडा पार गरेका हुन्।

३० वर्षीय बुमराहले कुल १९६ खेलमा यो आँकडा भेट्टाका हुन्। सन् २०१६मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनले३७ टेस्टमा १६३ विकेट लिएका छन् भने ८९ एकदिवसीयमा १४९ लिएका छन्। यस्तै, ७० टि–२०मा ८९ विकेट लिएका छन्।

बुमराहको उत्कृष्ट बलिङमा बंगलादेश पहिलो इनिङमा १४९ रनमै अलआउट भयो। उसका लागि सकिब अल असनले सर्वाधिक ३२, मेहदी हसन मिराजले २७, लिटोन दासले २२ र कप्तान नज्मुल हुसैन सान्टोले २० रनको योगदान दिए।

बलिङमा बुमराहले ११ ओभरमा ५० रन खर्चेर ४ विकेट लिए भने मोहम्मद सिराज, आकाश दिप र रविन्द्र जडेजाले समान २ विकेट लिए।

त्यसपघि भारतले पहिलो इनिङमा ३७६ रन बनाएको थियो। उसका रविचन्द्र आविश्वनले ११ रनको शतकीय पारी खेल्दा रविन्द्र जडेजाले ८६ र यशस्वी जैसवालले ५६ रन बनाएका थिए।

बलिङमा बंगलादेशका हसन महमुदले ५ विकेट लिए भने तस्किन अहमदले ३ विकेट लिए।