लगातार तेस्रो अर्धशतक बनाउँदै कशुलले बनाए विश्वकीर्तिमान

ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि–२० सिरिजमा लागतार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्रिकोणात्मक टि–२० सिरिज मार्फत् नै टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले लागतार तेस्रो खेलमा अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाए छन्।

कुशल टि–२० अन्तर्राष्ट्रियमा डेब्यु खेलपछि लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने पहिलाे खेलाडी बनेका छन्।

मलेसिया, नेदरल्यान्ड्स र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजअन्तर्गत कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा कुशलले १३औं ओभरका अन्तिम बलमा छक्का प्रहार गर्दै कुशलले अर्धशतक प्रहार गरे । उनले लगातार तेस्रो अर्धशतक प्रहार गर्ने क्रममा ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

कुशल नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाएर आउट भए। उनले ४६ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

यअसघि कुशलले उद्घाटन खेलमा नेदरल्यान्ड्विरुद्ध ६४ र मलेसियाविरुद्ध ६२ रन बनाएका छ।

यस्तै दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक प्रहार गरेका छन् । नेदरल्यान्ड्सविरुद्ध आक्रमक इनिङ गरेका ऐरीले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाएर आउट भए। त्रिकोणात्मक सिरिजमा नेपालको चौथो अर्धशतक हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.