कुशलले तोडे दीपेन्द्रको कीर्तिमान

10 Apr, 2025
Share:
117 Shares

दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन्। विशेषतः टि–२० क्रिकेटमा दुवै अल्बल छन्।

यी दुईले टि–२० अन्तर्राष्ट्रियमा नेपालका लागि थुप्रै कीर्तिमान बनाएका छन्। अहिले यी दुवै खेलाडी हङकङमा चारदेशी टि–२० सिरिज खेलिरहेका छन्।

सिरिजमा नोपलले लागतार दोस्रो जित निकालेको छ। दुवै खेलमा कुलशलले उत्कृष्ट ब्याटिङ गरे।

बिहीबार बिहान भएको कुवेतविरुद्धको खेलमा उनले ८१ रनको पारी खेले। उनले पहिलो विकेटका लागि आसिफ सेखसँग १२६ रनको कीर्तिमानी साझेदरी गर्दै नेपालका जितको आधार तयार गरेका थिए।

यो अर्धशतसँगै कुशलले दीपेन्द्रको कीर्तिमान तोडेका छन्। टि–२० अन्तर्राष्ट्रियमा कुलशको यो ११औं अर्धशतक र त्योभन्दा माथिको स्कोर हो। जसमा १० अर्धशतक र १ शतक छ।

र, उनी दीपेन्द्रको कीर्तिमान तोड्ने नेपालका लागि सर्वाधिक अर्धशतक र त्योभन्दा माथिको स्कोर बनाउने खेलाडी बनेका छन्। कुशलले यो उपलब्धि ५५ खेलको ५४ इनिङमा हाँसिल गरेका हुन्।

यता, दीपेन्द्रले ७६ खेलको ६६ इनिङमा ९ अर्धशतक र १ शतक प्रहार गरेका छन्।