आयरल्यान्ड वुल्भ्सविरुद्ध लोकेश बमको उत्कृष्ट शतक

29 Mar, 2024

आयरल्यान्ड वुल्भ्सविरुद्धको टि–२० सिरिजको पहिलो लागि लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित टियू मैदानमा २२३ रनको विशाल लक्ष्य पछ्याको नेपालका एका लागि ओपनर लोकेशले ५२ बलमा शतक प्रहार गरेका हुन्। ६८–३को दबाबपूर्ण अवस्थाबाट नेपाललाई सहज अवस्थामा ल्याउने क्रममा लोकेशले समान ८ चौका र ८ छक्का प्रहार गरे।

लोकेशले आफूले पाएको ३ जीवनदानको सदुपयोग गरे। उनलाई २२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाएर आरिफ सेखले साथ दिएका छन्। यी दुईले चौथो विकेटका लागि १२१ रनको महत्वपूर्ण साझेदारी गरे।

ताज अवस्थामा नेपाल १६ ओभरको समाप्तिमा १८९–४को अवस्थामा छ। १६औं ओभरको अन्तिम बलमा लोकेश ५६ बलमा ९ चौका र ८ छक्का मद्दतमा १०६ रन बनाएर आउट भए।

त्यसअघि कप्तान विनोद भण्डारी १६, देव खनाल शुन्य र अर्जुन घर्ती ३ रन बनाएर खाउट भएका थिए। आयरल्यान्डका गाविन होइ, फियोन हान्ड, थोमस माएस र म्याथ्यु हमफायरले समान १ विकेट लिए।