घरेलु मैदानमा नेपालले नामिबियासँग लगतार दुई खेल हारेको छ। आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजका नामिबियाविरुद्धका दुवै खेलमा ब्याटिङ नचल्दा नेपाल पारजित भयो।

बुधबार कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६८ रनमै आउट भयो। नेपालले राम्रो सुरुआत गरेरपनि मिडल अर्डरमा मुख्य ब्याट्सम्यान चल्न नसक्दा २ सयमाथिको स्कोर बनाउन सकेन्।

नामिबियासँगको लागतार दोस्रो हारपछि मुख्य प्रशिक्षक मोन्टी देसाईले आफूहरुको योजना पहिला ब्याटिङ नै गर्ने भएपनि त्यसमा सफल हुन नसकेको बताए। उनले आफ्नो योजना सफल नहुनुमा मुख्य ब्याट्सम्यान आफ्नो भूमिकामा केन्द्रित हुन नसक्नु भएको बताए।

‘हामी यो मैदानमा पहिले ब्याटिङका लागि तयार थियौं। त्यसका लागि योजना पनि बनाएका थियौं। हामीले पाँच ओभरमा राम्रो सुरूआत गर्न पनि सफल भयौं,’ उनले भने, ‘कुशल आउटपछि अनिल पनि दुर्भाग्यवस आउट हुन पुगे। खेलमा यस्तो भइरहन्छ।’

पावर प्लमै तीन विकेट गुमाए पनि त्यसपछि आसिफ र कुशल मल्लले चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा लगेका थिए। तर, त्यसपछिका ७ विकेट नेपालले ६८ रन जोड्दा गुमाएको थियो।

प्रशिक्षक देसाईले आसिफ र कुशलको साझेदारीको प्रसंशा गरे। तर त्यसपछि कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरीसहितका मुख्य ब्याट्सम्यानले आफ्नो भूमिका खेल्न नसक्दा टिम धरासायी भयो।

उनले लो स्कोरिङ म्याचमा पनि बलिङ र फिल्डिङ गर्दै नामिबियालाई दाबाब राख्नमा सकेकोमा खेलाडीको प्रसंशा गरे। उनले आरिफलाई टिमबाट राख्न निकै गाह्रो भएको पनि बताए।

प्रशिक्षक देसाईले यो सिरिजपछि विश्वकपको तयारीका लागि टि–२०मा केन्द्रित हुने बताए।

अब नेपालले आइतबार नेदरल्यान्ड्ससँग खेलेपछि यो सिरिज सकिनेछ। त्यसपछि नेपालले सेप्टेम्बरमा मात्र लिग(२ को सिरिज खेल्नेछ।

त्यसअघि नेपालले अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी(२० विश्वकप खेल्ने कार्यक्रम छ। प्रशिक्षक मोन्टीले यो सिरिजपछि नेपाली टिम पूर्णतस् टी(२० खेलमा केन्द्रित हुने समेत बताए।

Back To Top