नेपाली राष्ट्रिय क्रिकेट टिम मुख्य प्रशिक्षक बिनै अहिले दक्षिण अफ्रिकामा प्रशिक्षण गरिहेको छ। भीसा नआउँदा मोन्टी देसाईबिनै नेपाली टिम अघिल्लो साता विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको थियो।
परिवारलाई भेट्न अमेरिका गएका देसाईले उतैबाट दक्षिण अफ्रिकाको भीसा प्रोसेस गरेका थिए । तर, भीसा नपाएपछि उनी भारत फर्किएका छन्। भारतबाट उनले पुनः भिसा अप्लाई गरेका छन्, तर आइसकेको छैन।
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेसँगै सोमबार राति नै मुख्य प्रशिक्षक देसाई पनि दक्षिण अफ्रिका पठाउने तयारी गरेको थियो । तर, भीस नआउँदा सन्दीप मात्र सोमबार राति दक्षिण अफ्रिका प्रस्थान गरेका थिए।
आजसम्म देसाईको भीसा आउन सम्भावना रहेको क्यानले जनाएको छ। आज भिसा आए राति नै उनलाई दक्षिण अफ्रिका पठाउने तयारी क्यानको छ।
दक्षिण अफ्रिकामा नेपालले ८ जुनमा स्कटल्यान्ड र १० जुनमा नेदरल्यान्ड्स अभ्यासन खेल्ने खेल्ने तालिका छ। त्यसपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाबे जाने छ।