दक्षिण अफ्रिकाका मोर्ने मोर्केल बने भारतीय टिमको बलिङ प्रशिक्षक

14 Aug, 2024
Share:
117 Shares

दक्षिण अफ्रिकाका पूर्व फस्टबलर मोर्ने मोर्केल भारतीय क्रिकेट टिमको बलिङ प्रशिक्षक बनेका छन्। बिसिसिआईले बुधबार ३९ वर्षीय मोर्केललाई बलिङ प्रशिक्षक नियुक्त गरेको हो।

यसको पुष्टी बिसिसिआईका सचिव जय शाहले गरेका छन्। मोर्कोलको नियुक्तिसँगै भारतीय टिमको कोचिङ टिम पूर्ण भएको छ।

मुख्य प्रशिक्षक गौतम गम्भीरका टिममा सहायक प्रशिक्षका रुपमा अविशेक नाय र रायन टेन डुस्काटे छन् भने फिल्डिङ प्रशिक्षकमा टि दिलिप छन्।

मोर्केलसँग पाकिस्तानको बलिङ प्रशिक्षकका रुपमा काम गरेको अनुभव छ भने आईपिएलमा उनी लखनऊ सुपर जायन्ट्सका बलिङ प्रशिक्षक हुन्। मोर्केल गत डिसेम्बरसम्म पाकिस्तानको बलिङ प्रशिक्षक थिए।

मोर्केलले गम्भीरसँगै लखनउमा काम गरेका छन्। उनी बलिङ प्रशिक्षक हुँदा गम्भीर लखनउका मेन्टर थिए।

उनले न्युजिल्यान्डको महिला टिम र नामिबियाको टिम मुख्य प्रशिक्षकका रुपमा पनि कागम गरेका छन्। आईसिसी लिग–२ को पहिलो सिरिजका लागि नामिबिया नेपाल आउँदा मोर्केल नै मुख्य प्रशिक्षक थिए।

मोर्केलले १२ वर्षको अन्तर्राष्ट्रिय करियरमा ८६ टेस्ट, ११७ एकदिवसीय र ४४ टि–३० खेलेका छन्। दक्षिण अफ्रिकाका उत्कृष्ट बलरमध्येका एक मोर्केलको नाममा ५४४ अन्तर्राष्ट्रिय विकेट छ।