मुलपानी क्रिकेट रंगशाला बनाउन स्रोत सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन

8 Jan, 2025
Share:
117 Shares

संसदको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले मुपालनी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।

बिहीबार बसेको समितिको बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गर्दै यस्तो निर्देशन दिइएको हो।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनेगरी मुलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने घोषणा गरेको थियो।