नेपालको खराब ब्याटिङ, ५३ रनमै गुमायो ५ विकेट

4 Jun, 2024
Share:
117 Shares

अमेरिका र वेस्टइन्डिजमा जारी टि २० विश्वकपको पहिलो खेलमा नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५३ रन बनाउँदा ५ विकेट गुमाएको छ।

१० वर्षपछि विश्वकप खेलिरहेको नेपाल लगातार विकेट गुमाउँदा दबाबमा परेको छ।

नेपालले आफ्ना दुवै ओपनरलाई १५ रनमा जोड्दै गुमाएको थियो। जसमा आसिफ शेखले ४ र कुशल भुर्तेलले ७ रन मात्र बनाए।

त्यसपछि कप्तान रोहितकुमा पौडेल र अनिल साहले नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए। यी दुईले तेस्रो विकेटका लागि २५ रनको साझेदारी गरेका थिए।

आठौं ओभरको चौथो बलमा अनिल साह व्यक्तिगत ११ रनमा आउट भएपछि नेपालले थप २ विकेट लगातार गुमाएको थियो। त्यसपछि नेपालले कुशल मल्ललाई ९ र दीपेन्द्रसिंह ऐरीलाई १ रनमा गुमाएको थियो।

नेपाललाई दबाबमा राख्ने क्रममा टिम प्रिंगल र लोगन भान विक, पाउल भान मिकेरेन र बास डे लिडले सामान १ विकेट लिए।

ताजा अवस्तामा नेपाल १३ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा ६५ रन बनाएको छ। क्रिजमा कप्तान रोहित २९ बलमा २७ रन बनाएर खेलिरहेका छन् भने उनलाई सोमपाल कामीले साथ दिइरहेका छन्।