साउदी पराजित हुँदा नेपाल समूह विजेता बन्यो

16 Apr, 2024

नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपमा समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ। समूह एको मंगलबार भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएपछि लागतार तीन खेल जितेको नेपाल एक खेल बाँकी छँदै समूह विजेताका रुपमा सेमिफाइनल पुग्यो।

ए बाट सेमिफाइनल पुग्ने अर्को १ टिमको भने टुंगो लागेको छ। जसमा कतार, साउदी, मलेसिया र हङकङ सबैको सम्भावना बाँकी छ।

अब नेपालले सेमिफाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ। सम्भवतः नेपालको प्रतिद्वन्द्वी युएई हुनेछ। अन्तिम खेलमा युएईले कमजोर कम्बोडियासँग खेल्नेछ। यता, कुवेतको पनि सम्भावना बाँकी नै छ। तर, उसले आयोजक ओमानसँग खेल्नु पर्ने भएकाले उसको सम्भावना केही कमजोर छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]