सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

नेपाल ए दोस्रो खेलमा आयरल्यान्ड्स वुल्भ्सलाई दबाबमा राख्न सफल

एकदिवसीय सिरिजका दोस्रो खेलमा नेपाल एले आयरल्यान्ड्स वुल्भ्सलाई दबाबमा राख्न सफल भएको छ।

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड्स वुल्भ्सले ताजा अवस्थामा २४ ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १०२ रन बनाएको छ।

आयरल्यान्ड्सका लािग कप्तान निक रकले सर्वाधिक ४५ रन बनाए। उनले ३८ बलमा समान ३ चौका र छक्का प्रहार गरे। यस्तै, गाविन होइ २४ रन बनाएर खेलिरहेका छन् भने पिटर मोरले १७ रन बनाए।

आयरल्यान्ड्सको इनिङ्स धरासायी बनाउने क्रममा साहब आलमले ९ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए भने कमलसिंह ऐरी, रिजन ढकाल र मौसम ढकालले समान १ विकेट लिए।

1.3Kशेयर