सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

अर्जुन कुमालको शतकका बाबजुद नेपाल ए आयरलायन्ड्स वुल्भ्ससँग पराजित, सिरिज ३–०ले हार्‍यो

[et_pb_section admin_label=”section”] [et_pb_row admin_label=”row”] [et_pb_column type=”4_4″][et_pb_text admin_label=”Text”]

युवा ओपर अर्जुन कुमालले शतक बनाएपनि नेपाल ए आयरलायन्ड्स वुल्भ्ससँग एकसिदवसीय सिरिजको अनितम खेलमा पराजित भएको छ। आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा अर्जुनको शतकका बाबजुद मध्यक्रम फ्लप भएपनि नेपाल ए ६९ रनले पराजित भयो।

योसँगै आयरल्यान्ड्स वुल्भ्सले एकदिवसीय सिरिज ३–०ले क्लिनस्विप गरेको छ। यसअघि टि–२० सिरिज आयरल्यान्ड्स वुल्भ्सले २–१ले जितेको थियो।

२८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमै आलआउट भयो। नेपालका लागि अर्जुनले ११४ बलमा १४ चौका प्रहार गर्दै शतक पुरा गरे। यो सिरिजमा नेपालका लागि पहिलो शतक हो।

अर्जुनले पहिलो विकेटका लागि अर्जुन साउदसँग ६८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। साउदले ३० बलमा ३४ रन बनाए। त्यसपछि अर्जुन कुमालले दोस्रो विकेटका लागि देव खनालसँग ५२ रनको साझेदारी गरे। देव खनालले ११ रन बनाए।

त्यसपछि मध्यक्रममा कुनैपनि साझेदारी बन्न नसक्नदा नेपाल पराजित भयो। १८१–३को अवस्थामा रहेको नेपालले त्यसपछि थप ३४ रन बनाउँदा ७ वकेट गुमाएको थियो।

नेपालको इनिङ धरासायी बनाउने क्रममा बेन ह्वाइनले ५ र गाविन होइले ४ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड्स वुल्भ्सले स्टेफन डोहनीले शतक मद्दतमा निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २८४ रन बनायो।

उसका लागि यो टुरकै पहिलो शतक प्रहार गरेका डोहनीले १२९ बलमा ८ चौका २ छक्का प्रहार गर्दै १०७ रन बनाए। यस्तै, पिटर मोरले २५ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४४ रन बनाए।,

आयरल्यान्ड्स वुल्भ्सका तल्लोक्रमका ब्याट्सम्यानले राम्रो योगदान दिए। म्याथ्यु हम्फ्रेसले २३, मोर्गन टोपिङले २१, फिओन हान्डले २० र बेन ह्वाइटले १९ रन बनाए।

बलिङमा नेपालका रञ्जित कुमार र रिजन ढकालले समान ३ विकेट लिए। यस्तै, विकास अग्री र साहब आलमले समान १ विकेट लिए।

[/et_pb_text][/et_pb_column] [/et_pb_row] [/et_pb_section]
1.3Kशेयर