सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

आरिफ सेखको उत्कृष्ट ब्याटिङ, नेपाल एले दियो आयरल्यान्ड्स वुल्भ्सलाई २१४ रनको लक्ष्य

आरिफ सेखले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि टि–२० सिरिजको अन्तिम खेलमा नेपाल एले आयरल्यान्ड्स वुल्भ्सलाई २१४ रनको विशाल लक्ष्य दिएको छ।

टस हाररेर पहिला ब्याटिङ गरेको नेपालले एले निर्धातिर ओभरमा ७ विकेटको क्षतिमा २१३ रन बनायो। योसँगै सिरिजका तीनै खेलमा पहिला ब्याटिङ गर्ने टिमले २ सय रन कटाएका छन्। यअसघि आयरल्यान्ड्स वुल्भ्सले पहिलो खेलमा २२१ र दोस्रो खेलमा २२४ रन बनाएको थियो।

नेपाल एलाई विशाल योगफल तर्फ लैजाने क्रममा आरिफले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९३ रन बनाए। आरिफको यो टि–२० क्रिकेटको सर्वाधिक स्कोर हो।

आसिफलाई बासिर अहमदले मिडल अर्डरमा र रसिद खान तथा कमलसिंह ऐरीले लोअर अर्डरमा उत्कृष्ट साथ दिए। रसिदले १३ बलमा २४ र कमलले ७ बलमा १९ रन बनाए। नेपालले अन्तिम ३ ओभरमा ६५ रन बनाएको थियो।

यस्तै, बासिर अहमदले १९, पवन सर्राफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए।

बलिङमा आयरल्यान्ड्स वुल्भ्सका लागि फिओन हान्डले २ तथा लिअम म्याकार्थी, म्याथ्यु फोस्टर, गेराथ डेलनी र गाविन होइले समान १ विकेट लिए।

1.3Kशेयर