नेपालको लगातार चौथो जित, साउदी ६ विकेटले पराजित

17 Apr, 2024

ओमानमा जारी एसिसी प्रिमियर कपको समूह चरणमा नेपालले शतप्रतिशत नतिजा निकालेको छ। समूहको अन्तिम खेलमा नेपालले साउदी अरेबियारलाई ६ विकेट हरायो।

वर्षाले प्रभावित बनेपछि ८ ओभरमा झारिएको खेलमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि गुल्सन झाले १९ बलमा समान २ चौका र २ छक्का मद्दछमा ३२ रन बनाए।

यस्तै, दीपेन्द्रसिंह ऐरीले ९ बलमा ३ चौक प्रहार गर्दै १७ रन बनाउँदा कप्तान रोहितकुमार ७ बलमा १६ रन बनाए। बलिङमा साउदीका इस्तियाक अहमदले २ तथा उस्मान नजिव र वाजी उल हसनले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ रन बनायो।उसका लागि अब्दुल वाहीदले १६ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ३७ रन बनाउँदा अन्यले दोाहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा नेपालका करण केसी र अविनाश बोहराले समान २ विकेट लिए भने ललित राजवंशी र प्रतिश जिसीले समान १ विकेट लिए।

नेपाल शतप्रतिशत जितसँगै समूहको एको विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ। यता, साउदी पराजित हुँदा हङकङ समूहमा दोस्रो हुँदै सेमिफाइलन पुग्यो। आजै भएको अन्तिम खेलमा हङकङले मलेसियालाई ७ विकेटले हराएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]