नेपाल दबाबमा, पावरप्लेमै गुमायो ४ विकेट

17 Jun, 2024
Share:
117 Shares

बंगलादेशविरुद्ध १०७ रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ। सेन्ट भिन्सेन्टमा जारी खेलमा नेपाल पावर प्लेमै ४ विकेट गुमाउँदा नेपाल दबाबमा परेको हो।

नेपालले पावरप्लेमा २४–४को दबाबपूर्ण अवस्थामा थियो। तर, लगत्तै अर्को ओभरमा सन्दीप जोरा पनि आउट र्भपछि नेपाल २६–५को थप दबाबपूर्ण अवस्थामा पुगेको छ।

नेपालका लागि आसिफ सेखले सर्वाधिक १७ रन बनाए। उनले १४ बलमा ४ चौका प्रहार गरे। त्यसबाहेक कुशल भुर्तेल ४, रोहितकुमार पौडेल र सन्दीप जोराले समान १ रन बनाउँदा अनिल साह डटक आउट भए।

नेपालको इनिङ धरासायी बनाउने क्रममा तन्जिम हसन सकिबले ४ ओभरमा २ मेडनसहित ७ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, मुस्ताफिजुर रहमानले पनि १ विकेट लिए।