नेपालको उत्कृृष्ट बलिङ, बंगलादेश १०६ रनमै अलआउट

17 Jun, 2024
Share:
117 Shares

जारी टि–२०को विश्वकपको अन्तिम खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका छन्। सेन्ट भिन्सेन्टमा टस जितेर बलिङ गरेको नेपालले समूहको अन्तिम खेलमा बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमै अलआउट गरेको छ।

पहिलो बलमा नेपाललाई सोमपाल कामीले सफलता दिलाएका थिए। त्यसपछि नेपालले लागतार विकेट लिएको थियो। बंगलादेशका लागि अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए।

यस्तै रिशाद हसन, महमुदूल्लाह रियादले समाना १३ र तन्जिम हसन सकिब र तस्किन अहमदले समान १२ रन बनाए।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कप्तान रोहितकुमार पौडेलले समान २ विकेट लिए।