टी-२० सिरिजमा नेपाल क्यानडासँग चार विकेटले पराजित

2 Oct, 2024

त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपाल घरेलु टिम क्यानडासँग चार विकेटले पराजित भएको छ।

किंग सिटीमा नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।

क्यानडाका लागि साद बिन जाफर ३३ रनमा अविजित रहे । यस्तै, निकोलस किर्तोनले २६, दिलप्रित बाजवा २५, हर्ष ठाकेरले १९ र नवनित धालिवालले १२ रनको योगदान दिँदा रविन्द्रपाल सिंह २० रनमा अविजित रहे।

नेपालका लागि सन्दिप लामिछाने र ललित राजवंशीले समान २–२ तथा सोमपाल कामीले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि अनिल साहले सर्वाधिक ४१ रनको योगदान दिए। यस्तै, आसिफ शेखले ३० रन जोड्दा गुल्सन झा २३ रनमा अविजित रहे। यसैगरी, कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, करण केसीले ८ तथा कप्तान रोहित पौडेल र कुशल मल्ल समान ४–४ रन जोडे ।

क्यानडाका लागि हर्ष ठाकेरले २ तथा प्रविन कुमार, अखिल कुमार, डिलोन हेलिगर र साद बिन जाफरले समान १–१ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]