क्यानडाविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, पावरप्लेमै लियो ४ विकेट

Read Time:1 Minute

टि–२० विश्वकपको ग्लोबल छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर बलिङ गरिहेको नेपालले पावरप्लेमा क्यानडाविरुद्ध ४ विकेट लिएको छ।

६ ओभरको समाप्तिमा क्यानडाले ४ विकेटको क्षतिमा ३९ रन बनाएको छ। नेपालका लागि कमलसिंह ऐरीले २ तथा अभिनाश बोहराले १ विकेट लिए ।

कमलले ३ ओभरमा १६ रन खर्चेका छन्। उनले विस्फोटक ब्याट्सम्यानद्वय म्याथिस सुपर र कप्तान नवनीत धलिवाललाई आउट गरेका थिए।

अहिलेसम्म नेपालले क्यानडाको ६ विकेट लिएको छ। क्यानडाले ७.३ ओभरमा ४२ जोड्दा ६ विकेट गुमाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सातदोबाटोको हारसँगै ब्रिगेड बोइज रेलिगसनमा
Next post क्यानडाले दियाे नेपाललाई ८१ रनको सामान्य लक्ष्य
Close