सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

क्यानडाले दियो नेपाललाई २८६ रनको विशाल लक्ष्य 

तीन खेलकाे एक दिवसीय सिरिजकाे दाेस्राे खेलमा क्यानडाले दियो नेपाललाई २८६ रनको विशाल लक्ष्य दिएकाे छ।  

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनायाे।

त्यसका लािग ओपनर आरोन जोनसनले ६२ बलमा १० चाैका र २ छक्का मद्दतमा सर्वाधिक ६५ रन बनाए। त्यस्तै अर्का ओपनर नवनित ढालिवाले ६० बलमा ४६ रन बनाए। यी दुइले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्दै क्यानडालाइ उत्कृष्ट सुरूवात दिलाएका थिए।

यस्तै विकेट किपर ब्याट्सम्यान स्रेयश माेवाले ४०, पार्गत सिंहले ३८ तथा निकाेलस किर्ताेन र उदय भगवानले समान २० रन बनाए।

नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २ तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए। 

1.3Kशेयर