टस जितेर नेपाल बलिङमा, करण इन, विवेक आउट

15 Apr, 2024

एसिसी प्रिमियर लिगको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर बलिङ रोजेको छ। ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा वर्ष कारण खेल १ घण्टाभन्दा बढी ढिला भएको छ।

खेल ११ः४५ बजे हुने खेल भारी वर्षपछि मैदान भिजेका कारण १२ः५० मा सुरु भएको छ। हङकङ ब्याटिङ गरिरहेको छ।

हङकङविरुद्ध मुख्य प्रशिक्षक मोन्टी देसाईले टिममा एक परिवर्तन गरेका छन्। उनले अलराउन्डर विवेक यादवको स्थानमा करण केसीलाई टिममा राखेका छन्।

प्रतियोगितमा नेपाल लागतार तेस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने दाउमा छ। नेपालले यसअघि कतार र मलेसियालाई हराएको थियो।

यता, हङकङले पहिलो खेलमा कतारलाई हराएको थियो भने आइतबार भएको खेलाम अप्रत्यासित रुपमा साउदी अरेबियासँग ५५ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]