हायतको शतकमा हङकङले दियो नेपाललाई २१३ रनको विशाल लक्ष्य

9 Mar, 2024

स्टार ब्याट्सम्यान बाबर हायतले सानदार शतक प्रहार गरेपछि एक मात्र टि–२० आईमा हङकङले नेपाललाई २१३ रनको विशाल लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको हङकङले हायतको शतक मद्दतमा निर्धाति ओभरमा ६ विकेटको क्षतिमा ११२ रन बनायो।

विस्फोटक ब्याटिङ गरेका हायतले ४९ बलमा ३ चौका र १३ छक्का प्रहार गर्दै ११० रन बनाए। यस्तै, अंशुमन रथले ३२ बलमा ३९ रन बनाउँदा मार्टिन कोट्जेले २१ बलमा ३१ रन बनाए। यसतै, अजाज खानले ११ बलमा २१ रन बनाए।

हङकङ अन्तिम ५ ओभरमा ७९ रन बनाएको थियो।

नेपालका लागि डेब्यू खेलाडी आकाश चन्दले ३ विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चिए। यस्तै, आरिफ सेख, प्रतिश जिसी र रसिद खानले समान १ विकेट लिए।