
नामिबियासँग खेल्दै नेपाली क्रिकेट टिम
विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणमा रहेको नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु टोलीसँग खेल्दै छ। खेल विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा दिउँसो पौने दुई बजे हुनेछ।
रोहित पौडेलको कप्तानी र मनोज प्रभाकरको प्रशिक्षणमा नेपालले पहिलो पटक लिग २ को सिरिज खेल्दैछ । सिरिजका लागि नेपाली टिम भारतमा केही प्रशिक्षण गरेर नामिबिया गएको हो।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने हो भने नेपालले सिरिजका बाँकी सबै खेलमा उत्कृष्ट नतिजा निकाल्नु आवश्यक छ । नामिबियासँग भएका लिग २ का पछिल्ला दुई भेटमा नेपाल पराजित भएको थियो ।
गत जुलाईमा भएको पहिलो खेलमा नेपाल ४० रनले पराजित भएको थियो । अर्को खेलमा ६३ रनको हार बेहोर्यो । जारी सिरिजमा नामिबियाको यो दोस्रो खेल हो ।
सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्यान्डसँग चार विकेटले पराजित भएको थियो । सात देश सहभागी लिग टू मा नेपाल छैटौँ स्थानमा छ। अहिलेसम्म २० खेल खेल्दा आठमा जित र ११ खेलमा हार बेहोरेको नेपालको २० अंक छ । स्कटल्यान्ड दोस्रो र नामिबिया चौथो स्थानमा छ।
यस खेलमा ७ टिम सहभागी छन् भने नौ–नौ सिरिजका ३६–३६ खेल सकिएपछि शीर्ष स्थानमा रहने तीन टिमले सिधैँ विश्वकप छनोट खेल्नेछन् भने बाँकी चार टिमले प्लेअफ खेल्नुपर्नेछ।
लिग २ मा अन्तिम स्थानमा रहने दुई टिम घटुवा हुनेछन् र एकदिवसीय मान्यतासमेत खोसिनेछ।
नेपाली टिम ः रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, हरिशंकर साह, सोमपाल कामी, करण केसी, सागर ढकाल, ललित राजवंशी, गुल्सन झा, नन्दन यादव ।