
नामिबियाले दियो नेपालाई २७७ रनको लक्ष्य, नेपालले चेज गर्ला ?
आईसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले २७६ रनको ठूलो लक्ष्य पाएको छ। बुधबार युनाईटेड क्रिकेट मैदानमा घरेलु टोली नामिबियाले पहिला ब्याटिङ गर्दै नेपाललाई २७६ रनको लक्ष्य दिएको हो।
पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो । उसका लागि मिचनेल भान लिंगेनले शतकीय योगदान दिए। उनले १११ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै ११९ रन बनाए।
यस्तै, कप्तान गेहार्ड इरासमुसले ७६ बलमा ५३ रन बनाउँदा जान निकोल लोफ्टीइ इटोनले ३२ बलमा ४० रनको योगदान दिए।
नेपालका लागि ललित राजवंशीले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा ३६ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, सोमपाल कामीले २ तथा सागर ढकालले १ विकेट लिए।
यसैबीच नेपालले आफ्नो इनिङको सुरुआत गरेको छ। यो पटक प्रशिक्षक मनोज प्रभाकरले ओपनिङ जोडी परिवर्तन गरेका छन्। उनले अर्जुन साउद र कुशल भुर्तेललाई ओपनिङ गराएका छन्। यसअिका दुई खेलमा अर्जुन र आसिफ सेखले ओपनिङ गरेका थिए।
लिग–२मा लागातार खराब प्रदर्शन गरिरहेको नेपालको एकदिवसीय मान्यता पनि जोखिममा परेको छ। नेपाल २२ खेलमा ८ जित मात्र निकाल्दै पुछार बाट दोस्रो स्थानमा छ।
यता, नामिबिया भने २९ खेलमा ३५ अंक जोड्दै तेस्रो स्थानमा छ। लिग–२मा ४४ अंक जोडेको स्कल्यान्ड शीर्ष स्थानमा रहँदा ४४ अंक नै जोडेको ओमान दोस्रो स्थानमा छ।