नामिबियाविरुद्ध नेपाल १३२ रनमै अलआउट

15 Feb, 2024

घरेलु मैदानमा सुरु भएको आईसिसी विश्वकप लिग–२ अन्गर्ततको पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल नामिबियाविरुद्ध १३२ रनमै अलआउट भएको छ। कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल खराब ब्याटिङ गर्दै ४१.१ ओभरमा १३२ रनमै अलआउट भयो।

माथिल्लो क्रम धरासायी भएपछि नेपाल सस्तैमा समेटिएको हो। नेपाल शीर्ष चार ब्यायट्सम्यालने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। कुशल भुर्तेल इनिङको पहिलो बलमै आउट हुँदा, आरिफ सेख ४, अनिल साह ८, कप्तान रोहितकुमार पौडेल १ रनमा पभेलियन फर्किए।

पावर प्लेमै ४ विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। भीमले ८६ बलमा २ चौका १ छक्का प्रहार गरे। यस्तै, गुल्सन झाले १३ बलमा २१ रन बनउँदा पवन सर्राफले १६, कुशल मल्लले १५ र करण केसीले १२ रन बनाए।

नेपाललाई दबाबमा राख्ने क्रममा नामिबियाका कप्तान जेर्हार्ड इरास्मसले ५ विकेट लिए। उलने ८.१ ओभरमा २८ रन मात्र खर्चिए। यस्तै, रुबेन त्रुम्पेलमन र ज्याक ब्रेसवेलले समान २ विकेट लिए।