नेपाल र नामिबियाबीचको एकदिवसीय सिरिज स्थगित

नेपाल र नामिबियाबीच यही मेमा हुने भनिएको एकदिवसीय सिरिज स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्येनजर गर्दै नेपाल र नामिबीयाबीचको सिरिज स्थागित भएको जनाएको छ।

क्यानले नेपाल र नामिबियाबीचको सिरिज मात्र होइन क्रिकेटका सम्पूर्ण गतिविधि नै अनिश्चितकालका लागि स्थगित गरेको छ। क्यानले कोराना भाइरसको संक्रमण कम नभएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

‘कोभिड १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म संघबाट प्रस्तावित राष्ट्रिय प्रतियोगिताहरु लगायत जिल्ला छनोट एवमं प्रादेशिक प्रतियोगिता तथा विभिन्न राष्ट्रसँग हुने सिरिज तत्कालका लागि स्थगित गरिएको छ’, क्यानले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला एवंम प्रादेशिक संघहरुले क्रिकेट खेलका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्मका लागि स्थगित हुनेछ ।’

यस्तै क्यानले आइसीसीको प्रावधान अनुसार नेपाल क्रिकेट संघ लगायत विभिन्न क्लब, एकेडेमी एवंम संघसंस्थाहरुबाट आयोजना गरिने क्रिकेट प्रतियोगाहरुको कार्यविधि निर्माण गर्न लागिएको समेत जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.