कुशल र आफिसको कीर्तिमानी साझेदारी, नेदरल्यान्ड्समाथि नेपालकाे ९ विकेटको जित

काठमाडौं, वैशाख ४ डेब्यू खेलाडीद्वय कुशल भुर्तेल र आसिफ सेखले उत्कृष्ट इनिङ खेलेपछि त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सविरुद्ध सानदार जित निकालेको छ।

शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपाली इनिङको सुरुवात गर्दै कुशल र आसिफले डेब्यूमै अर्धशतक बनाएपछि नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो।

पहिला ब्याटिङ गर्दै नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो। नेपाललाई सानदार जित दिलाउने क्रममा कुशल र आसिफले कीर्तिमानी साझेदारी गरे।

यी दुईले १२.४ ओभरमा ११६ रनको साझेदारी गरेका थिए । यो टि–२० क्रिकेटमा पहिलो विकेटका लागि नेपालको कीर्तिमानी साझेदारी हो।

नेपालका लागि कुशलले सर्वाधिक ६४ रन बनाए । उनले ४६ बल खेल्दै ५ चौका र ५ छक्का प्रहार गर्दै ६४ रन बनाए । कुशलले ३०मा ५ चौका र ४ छक्का प्रहार गर्दै डेब्यूमा अर्धशतक बनाएका थिए । यस्तै आसिफले उनले उनले ३६ बलमा समान ४चौका र छक्का प्रहार गर्दै अर्धशतक बनाए । उनी ५४ बलमा नटआउट रहे।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १५औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई ९ विकेटको जित दिलाए। उनले ७ बलमा १३ रन बनाए । नेदरल्यान्ड्सका लागि एकमात्र विकेट जुलियन डे मेइले विकेट लिए।

यसअघि टियू मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्ड्सका लागि बास डे लिडले सर्वाधिक ४० रन बनाए भने स्कट इडवाड्र्सले ३० रन बनाए । लिडले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे भने इडवाड्र्सले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।

यस्तै, कप्तान पिटर सिलरले १७ बलमा २३ रन बनाए भने एन्टोनिउस स्टलले ९ बलमा २० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेरु २ विकेट लिए भने सोमपाल कामी र साहब आलमले समान १ विकेट लिए । डेब्यू खेलमा साहबले ४ ओभरमा ४५ रन खर्चिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.