त्रिकोणात्मक सिरिज : तेस्रो जितमा नेपालको नजर, बदला लिने नेरल्यान्ड्सको दाउ

त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा आज नेपाल र नेदरल्यानड्स भिड्दै छन्।अन्तर्गत मंगलबार घरेलु टिम नेपाल र नेरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँस १ः१५ बजे सुरू हुनेछ। कोरोना महामारीका कारण सरकारले दर्शकको उपस्थितिमा रोक लगाएपछि खेल भने विना दर्शन हुनेछ।

कीर्तिपुर मैदानमा उत्रँदा नेपाल लगतार तेस्रो जितसहित फाइलन पुग्ने लक्ष्यमा हुने छ भने नेदरल्यान्ड्स उद्घाटन खेलमा प्राप्त हारको बदला लिने दाउमा हुनेछ।

नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रँदा नेपालको मनोबल उच्च हुनेछ । सिरिजको दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेका पनि नेपाली टिम उत्साहित छ । नेपालले नेदरल्याड्स र मलेसिया दुवैलाई समान ९ विकेटले हराएको थियो । नेदरल्यान्ड्सले मेसियालाई १५ रनले हराएको थियो।

घरेलु टोली नेपाल लगातार तेस्रो खेल जित्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा छ । उता नेदरल्याण्ड्स पहिलो हारको बदला लिने दाउमा हुनेछ । मलेसियालाई हराउँदै लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक डेभ वाटमोरले नेदरल्याण्ड्ससँगको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन् ।

सिरिजमा शीर्ष दुई टिमबीच आगामी शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

नेपालले पछिल्ला दुई खेलमा नेदरल्याण्ड्सलाई हराएको छ । नेपाल र नेदरल्याण्ड्स अहिलेसम्म ७ पटक टी–२० अन्तर्राष्ट्रियमा खेलेका छन् । जसमा दुवैले समान ३ खेल जित्दा एक खेलमा नतिजा आएको थिएन । समग्रमा भने यी दुई टोलीले एकआपसमा ९ टी–२० खेल खेलेका छन् । जसमा नेदरल्याण्ड्सले ५ खेल जितेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.