एकदिवसीय विश्वकप छनोटअघि भएको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ। ओपनर कुशल भुर्तेलले सानदार शतक बनाएपछि नेपालले ओमनमाथि २ विकेटको जित निकाल्यो।
जिम्बाबेमा पहिला ब्याटिङ गर्दै ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो । नेपालका कुशल भुर्तेल ९४ बलमा सर्वाधिक १ सय १ रनको शतकीय इनिङ खेले । उनले १३ चौका र २ छक्का प्रहार गरेका थिए ।
यस्तै, भीम सार्कीले मले ७४ बलमा ५६ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले २६ र आसिफ सेखले २३को योगदान दिए। ओमानका लागि अकिब इलियासले ४ तथा फैयाज बटले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९.२ ओभरमा २६७ रन अलआउट भयो। ७ रन बनाउँदा ४ विकेट गुमाएको ओमानको इनिङ कप्तान जिसन मक्सुदले सम्हालेका थिए । उनले १०६ बलमा १०९ रनको सानदार इनिङ खेले उनले १५ चौका र १ छक्का प्रहार गरे।
यस्तै, आयन खानले ५६ रन बनाउँदा सोयब खानले ३८ रनको योगादन दिए। बलिङमा नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछाने ३ तथा करण केसी, प्रतिश जिसी समान १ विकेट लिए।
नेपाले पहिलो वार्मअर्प खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो।
विश्वकप छनोट आइतबारबाट सुरु हुनेछ। नेपालले आइतबार नै आयोजक जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छन्। नेपालका रहेको समूहमा वेस्टइन्डिज, अमेरिका र नेदरल्यानड्स छन्। समूहमा शीर्ष ३मा रहन सके नेपाल सुपर सिक्समा पुग्ने छ।