सुपर सिक्समा नेपालले ओमानसँग खेल्दै, नेपललाई लगातार दोस्रो पटक टी-२० विश्वकपमा पुग्ने अवसर

15 Oct, 2025
Share:
117 Shares

आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले घरेलु टोली ओमानसँग खेल्दैछ। खेल राति ८ः४५ बजे सुरु हुनेछ।

सुपर सिक्समा लगातार दुई खेल जितेको नेपालका लागि ओमानलाई हराउँदै लगतार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा पुग्ने अवसर छ। यस्तै अवसर ओमानसँग पनि छ। दुवै टिमले सुपर सिक्समा समान २ खेल जितेका छन्।

२ अंकसहित सुपर सिक्समा पुगको नेपालले यूएईलाई १ रन र कतारलाई पाँच रनले हराए थियो। यता, ओमानले कतार र युएईलाई हराएको थियो। दुवै टिमको समान ६ अंक छ। रनरेटको आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्नेछन्।