रोहित र आरिफको शतकीय साझेदारी नेपाल जिततर्फ अग्रसर

Read Time:1 Minute

विश्वकप क्रिकेट लिग–२को तेस्रो सिरिजको पहिलो खेलमा नेपाल जिततर्फ अग्रसर भएको छ। सारजाहमा पपुवा न्युगिनीविरद्ध २०५ रनको लक्ष्य पछ्याएको नेपलाका लागि रोहितकुमार पौडेल र आसिफ सेखले शतकीय साझेदारी गरेपछि नेपाल जिततर्फ अग्रसार भएको हो।

रोहित र आरिफले शतकीय साझेदारी गरेपछि ४२ रनमा ४ विकेट गुमाएको नेपाल १४४–५को बलियो अवस्थामा आएको थियो । यी दुईले पाँचौं विकेटका लागि १०२ रनको कीर्तिमानी साझेदारी गरे। यो साझेदारी एकदिवसीयमा नेपालको सर्वाधिक साझेदारी हो।

यसअघि सन् २०२१ को सेप्टेम्बरमा लिग–२ मै ओमानविरुद्ध ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए ।

१५ ओभरमा शीर्ष क्रमका ब्याटरहरु क्रमसः कुशल भुर्तेल ९१०, ज्ञानेन्द्र मल्ल ९४०, दीपेन्द्र सिंह ऐरी ९८० र आसिफ शेख ९१६० आउट हुँदा नेपाल ४२–४ को स्थितिमा पुगेको थियो ।

रोहितले ८२ बलमा ४ चौका प्रहार गर्दै ५८ रन बनाएर भने आरिफ ८४ बलमा ५३ रन बनाए ।

२०५ रनको लक्ष्य पछ्याएको नेपाल ताजा अवस्थामा ४५ ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रको पहिलो विकेट
Next post रोहित र आरिफको कीर्तिमनी साझेदारीमा पपुवा न्युगिनीमाथि नेपालको जित
Close