पिएनजीविरुद्ध बलिङ गर्दै नेपाल, एकदिवसीयमा सागरको डेब्यू

Read Time:1 Minute

आईसीसी क्रिकेट विश्वकप लिग–२ को तेस्रो सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालल्े पहिला बलिङ गर्ने छ।

यही खेल मार्फत सागर ढकालले एकदिवसीय क्रिकेटमा डेब्यू गरेका छन्। घरेलु क्रिकेट र उमेर समूहको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि सागर राष्ट्रिय टिममा परेका हुन् । उनले गत महिना ओमानमा भ्रमणका क्रममा टि–२० अन्तर्राष्ट्रियमा पनि डेब्यू गरेका थिए ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो ।

नेपालले आजको खेलमा ७ ब्याटर, दुई तीव्र गतिका बलर र दुई स्पिनर खेलाएको छ । पार्टटाइममा दीपेन्द्रले साथ दिनेछन् ।

नेपालको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी९विकेटकिपर०, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, सागर ढकाल, सन्दीप लामिछाने ९कप्तान० र सोमपाल कामी ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लिग-२को तेस्रो सिरिजमा पपुवा न्युगिनीसँग खेल्दै नेपाल
Next post अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रको पहिलो विकेट
Close