सन्दीप चम्किँदा स्कटल्यान्डले दियो नेपाललाई २१३ रनको लक्ष्य

Read Time:1 Minute

आईसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेमला पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भयो।

स्कटल्यान्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । उनले ५० बल खेल्दे ९ चौका र २ छक्का प्रहार गरे । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो, गुल्सनको स्थानमा ललितलाई मौका
Next post रोहितको कप्तानी पारी, स्कटल्यान्डमाथि नेपालको कीर्तिमान जित
Close